Like us!
Follow us!
Connect us!
Watch us!

तिहारअघिकाे अन्तिम काराेबार दिन : दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक

नेप्से

आइतबार, ०६ कार्तिक २०७९, १५ : २८ मा प्रकाशित

तिहारअघिकाे अन्तिम काराेबार दिन : दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक

तिहार बिदाअघिकाे अन्तिम काराेबार दिन आज (आइतबार) नेप्सेले उकालाे यात्रा तय गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेकाे छ । नेप्से ०.७८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेकाे छ । 

कूल २२१ वटा कम्पनीकाे १५ लाख ३८ हजार ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ५१ करोड ६८ लाख ३ हजार ४ सय ८४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये हाेटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह उकालाे लागेका छन् । सबैभन्दा धेरै नन लाइफ इन्स्याेरेन्स बढेकाे छ । 

आज एभरेष्ट बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ५ कराेड १६ लाख ३२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

यस्तै, आइतबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । रूरू जलविद्युत र सयपत्री हाइड्राेकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ९.५५ प्रतिशतले घटेर ८ रूपैयाँ ५ पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको