Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे २ स्टककाे कारोबार फुकुवा

नेप्से

आइतबार, ०६ कार्तिक २०७९, १६ : २३ मा प्रकाशित

नेप्सेले गर्याे २ स्टककाे कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ वटा स्टककाे काराेबार राेक्का फुकुवा गरेकाे छ । नेप्सेले नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ काे काराेबार फुकुवा गरेकाे हाे । 

यी २ वटा स्टकले धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नियम पालना नगरेकाे भन्दै नेप्सेले असाेज २६ गते, बुधबारबाट काराेबार राेक्का गरेकाे थियाे । दुवै स्टकले लाभांश घाेषणा गरेकाे सूचना ढिलाे दिएका भन्दै नेप्सेले कारबाही गरेकाे थियााे ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले लाभांश घाेषणाकाे सूचना काराेबार समयमा पठाउनु मानवीय त्रुटी भएको र अब उप्रान्त त्यस्तो कमी/कमजाेरी नगर्ने/नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दै क्षमायाचना मागेकोले कार्तिक १४ गतेदेखि लागू हुने गरी कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडकाे असाेज २५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

सूचना हेर्नुहाेस् :

63551a3ac061b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको