Like us!
Follow us!
Connect us!
Watch us!

अरूण काबेलीको लाभांश घोषणा, बाेनस र नगद कति ?

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, १६ : ५४ मा प्रकाशित

अरूण काबेलीको लाभांश घोषणा, बाेनस र नगद कति ?

अरूण काबेली पावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे आज कार्तिक ६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लभांश प्रयाेजनका लागि कार्तिक १८ गते, शुक्रबार बुकक्लाेज गर्ने निर्णय गरेकाे  छ । त्यसैले, कार्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भएर कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे बार्हाैँ वार्षिक साधारण सभा कार्तिक ३० गते, बुधबार हुनेछ ।

सूचना हेर्नुहाेस् :

63552235a5c8b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको