Like us!
Follow us!
Connect us!
Watch us!

आश्विन महिनामा शुभ लक्ष्मी कोषले बढायो सेयर बजारमा लगानी, एनआईसी एशिया बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

अर्थ संसार

शनिबार, १२ कार्तिक २०७९, ०७ : ४८ मा प्रकाशित

आश्विन महिनामा शुभ लक्ष्मी कोषले बढायो सेयर बजारमा लगानी, एनआईसी एशिया बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले २०७९  साल आश्विन महिना मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आश्विन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । उक्त मूल्य भाद्र मसान्तकाे तुलनामा ०.०२ पैसाले घटेकाे हाे । भाद्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८९ पैसा रहेकाे थियो ।

यस फण्डको लगानी 
सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी - २ करोड ३८ लाख (भाद्र मसान्तमा १ करोड ५४ लाख लगानी रहेको )
ऋणपत्र/बण्ड - २५ लाख  (शुन्य लगानी )
सार्वजनिक निस्कासन/हकप्रद सेयर/बोनस सेयर - ९३ हजार (भाद्रमा ७१ हजार रहेको )
फिक्स डिपोजिट- २ करोड (भाद्रमा थिएन )

शुभ लक्ष्मी कोषलेले विभिन्न प्रकारका १९ वटा सूचीकृत धितोपत्रमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआईबिएल सहभागिता फण्डमा लगानी गरेको छ । योजनाले यस फण्डको  तीन लाख इकाई किनेको छ।  जसमा फण्डको २९ लाख ५८ हजार लगानी गरेको छ। तेस्तै फण्डले एनआईसी एशिया बैंकको सेयरमा २३ लाख लगानी गरेको छ। फण्डले यस कम्पनीको २३ लाख ४८ हजार लगानी राखेको देखिन्छ। 

यस अवधिसम्म योजनाकाे बैंक मौज्दात २२ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुगेकाे छ ।भाद्र मसान्तसम्मकाे तुलनामा घटेको हाे । भाद्र मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा २५ करोड ३ लाख ४७ हजार रूपैयाँ रहेकाे थियाे ।

योजनाले प्रकाशन गरेकाे आश्विन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

635bfbbc85c60.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको