Like us!
Follow us!
Connect us!
Watch us!

८ कम्पनीकाे साधारण सभा हुँदै : कुन कम्पनीका सेयरधनीलाई कति लाभांश ?

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, १३ : ५६ मा प्रकाशित

८ कम्पनीकाे साधारण सभा हुँदै : कुन कम्पनीका सेयरधनीलाई कति लाभांश ?

यतिबेला दोश्रो बजारमा सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्दै लाभांश प्रस्ताव अनुमोदन गर्न वार्षिक साधारण सभा आह्वान गरिरहेका छन् । वार्षिक साधारण सभाकै कुरा गर्नुपर्दा अहिले विभिन्न ८ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका छन् । जसमध्ये, ६ वटा कम्पनीको लाभांश प्रस्ताव रहेको छ । बाँकी २ वटा कम्पनीले भने मर्जर प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेका हुन् ।

साधारण सभा हुन लागेको कम्पनीहरूको विवरण यस प्रकारको छ  :

१. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पच्चीसाैँ वार्षिक साधारण सभा मंसिर २ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे असोज २९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक १५ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । तर कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेका कारण हाल दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का छ । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेको सञ्चालक समितिको बैठकले बैंकको बाईसौँ वार्षिक साधारण सभा कात्तिक २१ गते, सोमबार  कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सभामा बैंककाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको बैठकले बैंकको चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौमा बिहान ९ बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक ३० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

४. नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

५. ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड

ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा कात्तिक २८ गते साेमबार, वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजेदेखि सुरु हूनेछ । सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सूर्या लाइफ र ज्याेति लाइफ १ः०.८२ स्वाप रेसियाेमा मर्ज हुँदैछन् । जस अनुसार सूर्या लाइफकाे १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता सेयर प्राप्त गरिनेछ । 

६. सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड

सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा कात्तिक २८ गते साेमबार, हाेटेल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजेदेखि सुरु हूनेछ । सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सूर्या लाइफ र ज्याेति लाइफ १ः०.८२ स्वाप रेसियाेमा मर्ज हुँदैछन् । जस अनुसार सूर्या लाइफकाे १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता सेयर प्राप्त गरिनेछ । 

७. अरूण काबेली पावर कम्पनी लिमिटेड 

अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बार्हाैँ वार्षिक साधारण सभा कात्तिक ३० गते बुधबार, अल्फा बीटा कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

८. साेल्टी हाेटल लिमिटेड 

सोल्टी होटलकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ४८औँ वार्षिक साधारण सभा पाैष २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगदसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको