Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोको नबिकेकाे हकप्रद आजबाट खुल्याे, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

सोमबार, १४ कार्तिक २०७९, १० : ४७ मा प्रकाशित

बरुण हाइड्रोको नबिकेकाे हकप्रद आजबाट खुल्याे, कहाँबाट दिने आवेदन ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज (कार्तिक १४ गते, साेमबार) बाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६९ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।  उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले कार्तिक २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेक, काठमाण्डौ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरूः बिरगञ्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, बाग्लुङ बजार– बाग्लुङ, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाके, बीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, वितामोड–झापा, हेटौडा–मकवानपुर, तुल्सीपुर–दाङ, महेन्द्रनगर–कञ्चनपुर, विराटनगर–मोरङ र क्षेत्रिय कार्यालय–पोखराबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको