Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकको आकर्षक वित्तीय विवरणले चम्कायो सेयर बजार

नेप्से

सोमबार, १४ कार्तिक २०७९, १४ : ५८ मा प्रकाशित

वाणिज्य बैंकको आकर्षक वित्तीय विवरणले चम्कायो सेयर बजार

तिहार बिदापछिकाे पहिलाे काराेबार दिन आज (साेमबार) नेप्सेले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । सूचिकृत वाणिज्य बैंकहरूले पहिलाे त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । प्राय जसाे सबै बैंकहरूकाे रिपाेर्ट राम्राे प्रकाशन भएका कारण आज सेयर बजारमा चमक देखिएकाे हाे ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेकाे छ । नेप्से ०.८८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये विकास बैंकबाहेक बाँकी सबै उपसमूह उकालाे लागेका छन् । 

आज एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड १७ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

यस्तै, साेमबार सयपत्री हाइड्राेकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय १३ रूपैयाँ ५० पैसा पुगेकाे छ । 

त्यसैगरी, यस दिन अपर हेवाखाेलाकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.१६ प्रतिशतले घटेर ३ सय ३९ रूपैयाँ ८० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको