Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा छायाे राैनकता, हाइड्राेमा लगानीकर्ता आकर्षित

नेप्से

मंगलबार, १५ कार्तिक २०७९, १५ : १९ मा प्रकाशित

सेयर बजारमा छायाे राैनकता, हाइड्राेमा लगानीकर्ता आकर्षित

आज (मंगलबार) सेयर बजारमा राैनकता छाएकाे छ । नेप्से परिसूचक अर्धसतक भन्दा धेरैले बढ्दा काराेबार रकम पनि १ अर्ब नाघेकाे छ । बढेकाे बजारमा हाइड्राेपावर कम्पनीमा लगानीकर्ता आकर्षित देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेकाे छ । नेप्से २.९९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये सबै उपसमूह उकालाे लागेका छन् । 

आज पनि एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ६५ लाख ६० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

यस्तै, मंगलबार न्यादी हाइड्राेकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ८८ रूपैयाँ २० पैसा पुगेकाे छ । 

त्यसैगरी, यस दिन एनसीसी डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९१ प्रतिशतले घटेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको