Like us!
Follow us!
Connect us!
Watch us!

बजार उकालाे यात्रामा : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

नेप्से

बुधबार, १६ कार्तिक २०७९, १५ : ०६ मा प्रकाशित

बजार उकालाे यात्रामा : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

आज (बुधबार) पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७९ अंकले बढेर ३८२.९४ विन्दुमा पुगेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये ३ वटा उपसमूह घटेकाे छ भने बाँकी सबै उपसमूह उकालाे लागेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह बढेकाे छ । 

आज शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ८५ लाख ६० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

यस्तै, बुधबार कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । बैंककाे सेयरमूल्य ८.७४ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ८८ रूपैयाँ ५० पैसा पुगेकाे छ ।

 

त्यसैगरी, यस दिन सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ३.९६ प्रतिशतले घटेर ९ सय ९४ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको