Like us!
Follow us!
Connect us!
Watch us!

सि.बि.आई.एल. क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १४ : ३६ मा प्रकाशित

सि.बि.आई.एल. क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त

सि. बि. आई. एल. क्यापिटल लि. को प्रमुखकार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए (ACCA) हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् ।

यस अगाडि श्रेष्ठ एन.आई.बि.एल. क्यापिटल मार्केट्स लि. (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स लि. (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको