नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको सेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार पावरको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६२ रूपैयाँ ७३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ९९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अरुण काबेली पावरले लाभांश पारित गर्न कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ ।
सभामा कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस