Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १३ : ०७ मा प्रकाशित

लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

लक्ष्मी बैंक लिमिटेडले भाेलि शनिबार गोकर्ण गल्फ क्लबमा 'लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२' आयोजना गर्ने भएको छ । यो प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो।

यसमा ६० वर्ष र माथिका र १७ वर्षभन्दा कम उमेरकासहित सयभन्दा बढी गल्फरहरू विभिन्न विधामा ट्रफीका लागि भिड्ने बैंकले जनाएको छ।

प्रतियोगितामा पुरस्कार क्रमश : Winner, Runner-up; Best Gross, Ladies Winner, Senior Winner (age 60 &above), Senior Runner-up, Winner Guest Category, Junior Winner, Longest Drive, Closest to the pin and most birdies मा छुट्याइएकाे छ ।

सन् २००२ मा नेपालको १६ औं वाणिज्य बैंकका रूपमा स्थापित लक्ष्मी बैंकले देशभर १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ५० जिल्लामा १७६ एटिएम र ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत् सेवा दिइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको