Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंककाे खुला गल्फ प्रतियोगिताकाे विजेता बने सुरेन राणा

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, १२ : ५७ मा प्रकाशित

लक्ष्मी बैंककाे खुला गल्फ प्रतियोगिताकाे विजेता बने सुरेन राणा

लक्ष्मी बैंक लिमिटेडले हिजाे शनिबार गोकर्ण गल्फ क्लबमा 'लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२' आयोजना गरेकाे थियाे । उक्त प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो।

उक्त प्रतियाेगिताकाे विजेता सुरेन राणा बनेका छन् । किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भए पनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याएर विजेता बनेका हुन् ।

विजयी खेलाडीलाई लक्ष्मी बैंकका अध्यक्ष रमन नेपाल, प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र जोसेफ नाथनलगायतले पुरस्कृत गरेका थिए।

प्रतियोगितामा पुरस्कार क्रमश : Winner, Runner-up; Best Gross, Ladies Winner, Senior Winner (age 60 &above), Senior Runner-up, Winner Guest Category, Junior Winner, Longest Drive, Closest to the pin and most birdies मा छुट्याइएकाे थियाे ।

बेष्ट ग्रसको विजेता निश्चयजंग रायमाझी बनेका छन् । उनले ३७ ग्रस अंक बनाएका थिए । यस्तै, महिलातर्फ गीता गुरुङ ३० अंक ल्याएर बेष्ट ग्रसको विजेता भएकी छिन् । त्यस्तै, सिनियर (६० वर्ष र माथि) तर्फ महेन्द्र मैनाली ३६ अंकसहित विजेता बनेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको