Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा छायाे राैनकता, लघुवित्तमा बढ्याे लगानीकर्ताकाे आकर्षण

नेप्से

आइतबार, २० कार्तिक २०७९, १५ : ०५ मा प्रकाशित

नेप्सेमा छायाे राैनकता, लघुवित्तमा बढ्याे लगानीकर्ताकाे आकर्षण

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । आज लघुवित्तहरूमा लगानीकर्ताको आकर्षण बढेको छ । सर्वाधिक नाफा कमाउने र सर्वाधिक कारोबार हुने दुवैतिर अधिकांश हिस्सा लघुवित्तले नै ओगटेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेकाे छ । नेप्से २.२५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह उकालाे लागेका छन् । सबैभन्दा धेरै लघुवित्त समूह बढेकाे छ । 

आज नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे १० कराेड १४ लाख ९६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

यस्तै, आइतबार ४ वटा लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेष्डाे समृद्ध लघुवित्त र उपकार लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

त्यसैगरी, यस दिन हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.४८ प्रतिशतले बढेर २ सय ४७ रूपैयाँ पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको