Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन, २ महिनापछि २ अर्ब कट्याे काराेबार रकम

नेप्से

सोमबार, २१ कार्तिक २०७९, १५ : १० मा प्रकाशित

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन, २ महिनापछि २ अर्ब कट्याे काराेबार रकम

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार बजार उच्च अंकले बढेपछि आज लगानीकर्ताहरूले नाफा बुक गर्दा करेक्सन आएको विश्लेषक बताउँछन् । यता झण्डै २ महिनापछि काराेबार रकम घ अर्ब नाघेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा झरेकाे छ । नेप्से ०.३३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.१९ अंकले घटेर ३८५.३३ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार ७६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ८ वटा उपसमूहकाेे सेयर बढेकाे छ ।

साेमबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे १५ कराेड १६ लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ८.१३ प्रतिशतले बढेर एक सय ९८ रूपैयाँ १० पैसा पुगेकाे छ ।

आज ग्लोबल आईएमई लघुुवित्त वित्त्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.७० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ७ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको