Like us!
Follow us!
Connect us!
Watch us!

केयर रेटिङ्गस नेपालको २१ प्रतिशत लाभांश घोषणा, साधारण सभा आह्वान

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, ०७ : ०७ मा प्रकाशित

केयर रेटिङ्गस नेपालको २१ प्रतिशत लाभांश घोषणा, साधारण सभा आह्वान

केयर रेटिङ्गस नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैठौ वार्षिक साधारण सभा मंशिर १५ गते, विहिबार, केयर रेटिङ्गस नेपाल लिमिटेड, दोस्रो तल्ला, स्टार मल, पुतलीसडक, काठमाण्डौँमा दिउँसो ३ः१५ बजेबाट सुरू हुनेछ । 

सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको प्रतिवेदन २०७८/७९ छलफल गरी पारित गरिनेछ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बासलात र सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने,  कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७/८० को लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्ताव रहेको छ ।।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २१.०५२६३० का दरले नगद लाभांश (नगद लाभांशमा लाग्ने करसहित) स्वीकृत गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको