Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, शिवम् सिमेन्ट ट्रनओभरमा अब्बल

नेप्से

मंगलबार, २२ कार्तिक २०७९, १५ : ०६ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, शिवम् सिमेन्ट ट्रनओभरमा अब्बल

आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । हिजाेकाे तुलनामा नेप्से परिसूचक र काराेबार रकम दुवै घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा झरेकाे छ । नेप्से ०.१३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३८४.२१ विन्दुमा झरेको छ । 

कूल २२६ वटा कम्पनीकाे २७ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ९ वटा उपसमूह घटेकाे छ ।

त्यसैगरी, मंगलबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ५७ लाख ३२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज लाइफ इन्स्याेरेन्स कर्पाेरेशनका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ४.२२ प्रतिशतले बढेर एक हजार ३ सय ७९ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यस दिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.७७ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको