Like us!
Follow us!
Connect us!
Watch us!

बिक्रेता हावी हुँदा नेप्सेमा भारी गिरावट

नेप्से

बुधबार, २३ कार्तिक २०७९, १५ : ०३ मा प्रकाशित

बिक्रेता हावी हुँदा नेप्सेमा भारी गिरावट

आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । काराेबार सुरू भएदेखि नै बजारमा बिक्रेता हावी हुँदा भारी गिरावट देखिएकाे जानकारहरू बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेकाे छ । नेप्से २ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.६८ अंकले घटेर ३७६.५३ विन्दुमा झरेको छ । 

कूल २२३ वटा कम्पनीकाे ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार ४ सय ३७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

त्यसैगरी, बुधबार नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे ६ कराेड ७८ लाख २७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.४२ प्रतिशतले बढेर ३ सय ९१ रूपैयाँ पुगेकाे छ ।

यस दिन एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.९५ प्रतिशतले घटेर ३ सय १ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको