Like us!
Follow us!
Connect us!
Watch us!

साईबर सुरक्षालाई जोड्ने नेपाली स्टार्ट अप साइकन

धिरज पौड्याल

बुधबार, २३ कार्तिक २०७९, १५ : ५० मा प्रकाशित

साईबर सुरक्षालाई जोड्ने नेपाली स्टार्ट अप साइकन

NextMSC का अनुशार सन २०२० मा १८३.३४ बिलियन अमेरिकी डलर रहेको साईबर सुरक्षाको बजार सन २०३० सम्म ५३८ बिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ। 

बढदो प्रविधिको पहुंच र प्रयोग सँगै प्रविधिमा देखिएका विविध चुहावटको कारण विभिन्न किसिमका समस्याहरू विश्वब्यापी रूपमा देखिदै आएको छ जसका कारण प्रयोगकर्ताहरू अनपेक्षित परिणाम भोग्दै आएका छन्। वर्ल्ड इकोनोमिक फर्मका अनुशार ९५% साईबर ब्रिच व्यक्तिगत त्रुटिका कारण हुने उल्लेख गरेको छ । 

ACCENTURE का अनुसार ६८ प्रतिशत व्यवसायीहरु आफ्नो व्यवसायमा साइबर सुरक्षा थ्रेट बढी रहेको अनुभव गर्ने जनाएको छ । हाल विश्वभरका विभिन्न कम्पनीहरूले साइबर सुरक्षा प्रवद्र्धनका लागि विभिन्न नीति अपनाउँदै आएका छन्। अहिले विश्वभर विविध क्षेत्रमा साईबर सुरक्षाका विषयमा अध्ययन हुँदै आइरहेको छ र कम्पनीहरूले पनि बिबिध साईबर अनुसन्धानकर्ताहरुको आवश्यकता रहेको अध्ययन ले देखाउँछ । 

साईबर सुरक्षा खोजिरहेका कम्पनी र साईबर सुरक्षा अनुसन्धानकर्ता जोड्ने उद्देश्यले स्नातक अध्ययनरत विद्यार्थी प्रशान्त पाण्डेले सुरु गरेको स्टार्ट अप हो साईकन ( Syecon) जसले कम्पनी र साईबर सुरक्षा अनुसन्धानकर्ताहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्य रहेको प्रशान्त बताउछन। 

सोफसका अनुसार ५४ प्रतिशत कम्पनीहरूले उनीहरूको आईटी डिपार्टमेन्ट अत्याधुनिक साइबर आक्रमणको सामना गर्न परिष्कृत नभएको हुँदा साइबर अनुसन्धानकर्ता नै आवश्यक रहने प्रशान्त बताउछन । 

"कम्पनीहरुलाई कुन प्रणालीको सुरक्षाको लागि कसरी अब्बल अनुसन्धानकर्ता नियुक्त गर्ने भन्ने थाहा नहुने हुँदा हामी कम्पनीलाई आवश्यकता देखि नियुक्ती सम्मको प्रक्रियामा सहजीकरण गर्छौ ” उनले भने। 

“अहीले हामी कम्युनिटी बिल्डिङको प्रक्रियामा छौ, कम्पनीलाई आवश्यक रहेको समयमा हामीले उनीहरूको आवश्यकता अनुसारको अनुसन्धानकर्ता उपलब्ध गराउन हामी अहिले साईबर सुरक्षा अनुसन्धानकर्ता सँग सम्पर्क बढाइरहेका छौ अहिले हामी ट्विटर र डिस्कोड मार्फत हामीसँग साईबर सुरक्षा अनुसन्धानकर्ताका अब्बल व्यक्ति एबम् विद्यार्थी सँग जोडिएका छौ ।” उनले भने । 

साइकन साईबर सुरक्षामा चासो राख्ने २ युवा प्रशान्त पाण्डे सँगै एलेक्स धितालले सुरु गारेका हुन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको