Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बृद्धिसंगै नाफा घट्दा जिवन विकास लघुवित्तको ईपीएसमा पहिरो

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १० : २८ मा प्रकाशित

पूँजी बृद्धिसंगै नाफा घट्दा जिवन विकास लघुवित्तको ईपीएसमा पहिरो

जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६.४० प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १७ करोड ६६ लाख ९ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि २०.९४ प्रतिशतले घटेर १२ करोड ५१ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड ८३ लाख १४ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने ५.९४ प्रतिशतले बढेर ४० करोड ६२ लाख ८० हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५९.०१ रुपैयाँले घटेर ५७.१० रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

636ddd3b7acc5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको