Like us!
Follow us!
Connect us!
Watch us!

५४ प्रतिशतले बढ्यो आरएमडीसी लघुवित्तको नाफा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १० : ४६ मा प्रकाशित

५४ प्रतिशतले बढ्यो आरएमडीसी लघुवित्तको नाफा, ईपीएस कति ?

आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रेमाससम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १० करोड ८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५४.१५ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ७ करोड ६ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५४.१५ प्रतिशतले बढेर १५ करोड ५५ लाख १८ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १० करोड ८ लाख ८३ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३७.६६ प्रतिशतले बढेर १७ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब २४ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८ करोड १५ लाख रुपैयाँ रहेको छ ।  समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ ३० पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २३.७७ गुणा रहेको छ । 

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

636dd78e2a3de.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको