Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दाेहाेराे अंकले घट्दा १ अर्ब पनि पुगेन काराेबार रकम, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नेप्से

आइतबार, २७ कार्तिक २०७९, १५ : ०८ मा प्रकाशित

नेप्से दाेहाेराे अंकले घट्दा १ अर्ब पनि पुगेन काराेबार रकम, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । लगातार बजार घट्न थालेपछि लगानीकर्ताहरू पनि निराश बनेका छन् । अहिलेकाे अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थामा देखिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेकाे छ । नेप्से ०.५६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.८३ अंकले घटेर ३७०.५३ विन्दुमा झरेकाे छ ।

कूल २२५ वटा कम्पनीकाे २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

आज शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ३९ लाख ९६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आइतबार लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । फण्डकाे मूल्य ७.९० प्रतिशतले बढेर ८ रूपैयाँ ६ पैसा पुगेकाे छ । 

यस दिन नबिल ब्यालेन्स फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.९० प्रतिशतले घटेर ८ रूपैयाँ ३६ पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको