Like us!
Follow us!
Connect us!
Watch us!

२६० प्रतिशतले बढ्यो खानी खोला हाइड्रोपावरको नाफा, ईपीएस कति ?

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १० : ४९ मा प्रकाशित

२६० प्रतिशतले बढ्यो खानी खोला हाइड्रोपावरको नाफा, ईपीएस कति ?

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ५३ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा २६०.५० प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७० लाख १९ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ६७ लाख १५ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४५.८८ प्रतिशतले बढि हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड ६० लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ४१ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6371ccc0d6678.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको