Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालो यात्रामा : परिसूचकसँगै बढ्यो कारोबार रकम

नेप्से

सोमबार, २८ कार्तिक २०७९, १५ : ०६ मा प्रकाशित

नेप्से उकालो यात्रामा : परिसूचकसँगै बढ्यो कारोबार रकम

आज (साेमबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । आज लघुवित्तहरूमा लगानीकर्ताको आकर्षण बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा पुगेकाे छ । नेप्से १.१३ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.५० अंकले बढेर ३७५.०३ विन्दुमा पुगेकाे छ । 

कूल २२६ वटा कम्पनीकाे २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये सबै उपसमूह उकालाे लागेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रषाेधन समूह बढेकाे छ । 

आज शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ९६ लाख ४३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

यस्तै, साेमबार तारागाउँ रिजेन्सीकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.८४ प्रतिशतले बढेर ३ सय ८३ रूपैयाँ पुगेकाे छ ।

 

त्यसैगरी, यस दिन लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ६.५८ प्रतिशतले घटेर ७ रूपैयाँ ५३ पैसामा झरेकाे छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको