Like us!
Follow us!
Connect us!
Watch us!

१३ प्रतिशतले बढ्यो बुटवल पावरको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ०६ : २४ मा प्रकाशित

१३ प्रतिशतले बढ्यो बुटवल पावरको नाफा, प्रतिसेयर आम्दानी कति ?

बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले ८ करोड ५८ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा १३.२९ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७ करोड ५८ लाख ९ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ४४ लाख ५५ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३.२६ प्रतिशतले बढि हो । गत बर्षको सोहि अवधिमा कम्पनीले २० करोड ७६ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार १८ करोड १० लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको  प्रतिसेयर आम्दानी २ रुपैयाँ ६५ पैसा (बार्षिकृत नगरिएको) रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ २९ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6372e01935e36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको