Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३९८ प्रतिशतकाे छलाङ, अन्य अवस्ता कस्तो ?

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ०७ : २६ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३९८ प्रतिशतकाे छलाङ, अन्य अवस्ता कस्तो ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २३९८ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले नोक्सानी व्यवस्थामा गत आर्थिक बर्षको तुलनामा कम रकम छुट्याएकोले नाफा बढेको हो ।  

असोज मसान्तसम्म कम्पनीको बीमा शुल्क भने १.९७ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड ९६ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ९ अर्ब ७४ करोड ७१ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९९ करोड १८ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ पैसाबाट बढेर ८ रूपैयाँ ५६ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको