Like us!
Follow us!
Connect us!
Watch us!

साेमबारकाे वृद्धि नेप्सेमा टिकेन, सेयर बजार पुन: ओरालो

नेप्से

मंगलबार, २९ कार्तिक २०७९, १५ : ११ मा प्रकाशित

साेमबारकाे वृद्धि नेप्सेमा टिकेन, सेयर बजार पुन: ओरालो

एक सातापछि हिजाे सुधार देखिएकाे सेयर बजारमा आज (मंगलबार) फेरि गिरावट देखिएकाे छ । नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.३५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.३३ अंकले घटेर ३७३.७१ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीकाे २७ लाख ४५ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी १० वटा उपसमूहकाे सेयर भने घटेको छ ।

त्यसैगरी, मंगलबार काराेबार रकममा हिमालयन डिष्टीलरीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ८ कराेड २२ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सिटिजन्स म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ४.५८ प्रतिशतले बढेर ८ रूपैयाँ पुगेकाे छ । 

यस दिन तारागाउँ रिजेन्सीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.५६ प्रतिशतले घटेर ३ सय ५० रूपैयाँ २० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको