Like us!
Follow us!
Connect us!
Watch us!

पोल्याण्डमा भएको क्षेप्यास्त्र प्रहारमा आफूलाई मुछिए विश्वयुद्ध हुनसक्ने रुसको चेतावनी

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १६ : ५५ मा प्रकाशित

पोल्याण्डमा भएको क्षेप्यास्त्र प्रहारमा आफूलाई मुछिए विश्वयुद्ध हुनसक्ने रुसको चेतावनी

पोल्याण्डको एक गाउँमा मंगलबार एक क्षेप्यास्त्र प्रहार हुँदा २ जना मारिएका छन्। युक्रेनी सिमा नजिकैको गाउँमा सो क्षेप्यास्त्र प्रहार भएको छ। पोल्याण्ड नेटोको सदस्य राष्ट्र हो। 

एक लोकल एफएम रेडियोले सुरुमा २ वटा क्षेप्यास्त्र प्रहार भएको रिपोर्टिंग गरेको थियो। पछि एउटा मात्रै क्षेप्यास्त्र प्रहार भएको पुष्टि भयो। युक्रेनले सो क्षेप्यास्त्र रुसले प्रहार गरेको र यो समग्र युरोपेली समुदायमाथिकै प्रहार भएको भन्दै कडा शब्दमा रुसको भत्सर्ना गरेको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले मंगलबार राति नै एक भिडियो संदेश प्रवाह गर्दै रुसको यो आक्रमणले विश्वयुद्ध निम्त्याउन लागेको भन्दै सम्पूर्ण विश्व यो कदमको विरुद्ध उभिनुपर्ने बताएका छन।  

उता पोल्याण्डले भने सो क्षेप्यास्त्र कसले प्रहार गर्यो भन्ने पत्ता लागिनसकेको बताएको छ। क्षेप्यास्त्र रुसमा बनेको भएतापनि रुसबाटै प्रहार नभएको पनि हुनसक्ने भन्दै पोल्याण्डका अधिकारीहरुले यस विषयमा अनुसन्धान भैरहेको बताएका हुन्।

यता अमेरिकी राष्ट्रपनि जो बाइडेनले उक्त क्षेप्यास्त्र रुसबाट प्रहार नभएको हुनसक्ने बताएका छन्। अमेरिकाको प्रारम्भिक अनुसन्धानअनुसार सो घटना युक्रेनी आर्मीले घटाएको हुनसक्ने पाईएको बताईएको छ।  

रुसले पोल्याण्डमाथिको बमबारीको आरोप आफूलाई लगाईए पछि सो घटनामा आफ्नो संलग्नता नरहेको भन्दै नियतवश ढंगले रुसलाई चिढ्याउने कृयाकलाप भईरहेको र यो घटनाले पश्चिमाहरु विश्वयुद्ध चाहन्छन भन्ने प्रमाणित भएको रुसले बताएको छ।  
अहिले अधिकांश नेटोका सदस्य राष्ट्रहरुले आफूहरु पोल्याण्डको पक्षमा रहेको र नेटो राष्ट्रमाथिको आक्रमणको जवाफ एकैठाउमा उभिएर दिन तयार रहेको बताएका छन्। पोल्याण्डले भने यो घटनालाई अहिलेसम्म एक दुर्घटनाको रुपमा लिएको तर प्रतिरक्षाका लागि तम्तयार भएर बसेको प्रतिकृया दिएको छ। 

पछिल्लो समय युक्रेनी फौजले नै सो क्षेप्यास्त्र पोल्याण्डमा गिराएको आरोप लागेपछि युक्रेनी राष्ट्रपतिले सो घटनाको वृहत छानबिन हुनुपर्ने बताएका छन्।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको