Like us!
Follow us!
Connect us!
Watch us!

ओम्नी च्यानल सोलुशन “फास्ट बैंकिङ्ग" सार्वजनिक, डिजिटल बैंकिङ्गमा नयाँ आयाम दिने

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, १३ : ३७ मा प्रकाशित

ओम्नी च्यानल सोलुशन “फास्ट बैंकिङ्ग" सार्वजनिक, डिजिटल बैंकिङ्गमा नयाँ आयाम दिने

नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्वजनिक गरिएको छ ।

राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप (APP) अनावरण गरी सुरूवात गरेका थिए । 

स्मार्ट चोइस टेक्नोलोजिजका संचालक सान्तराज बतासको स्वागत मन्तव्यसँंगै कार्यक्रम सुरुवात गरिएको थियो ।  स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले  फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाइ थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझैपनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउँदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइ API मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए र फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहक हरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जानकारी दिए ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोगीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने प्रकाश  पारे ।  हाल ग्लोबल आइएमइ बैंकमा संचालनमा ल्याई सकिएको यो सुविधा कसरि फरक छ र यो सुविधा सञ्चालन गरे पश्चात बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभव बैंकका  ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले बताए ।

कार्यक्रममा मन्तव्य दिँदै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले भविष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिए । 
    
 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको