Like us!
Follow us!
Connect us!
Watch us!

रबिन्द्र मिश्रलाई झिनो मतले हराउँदै काठमांडौ-१ बाट प्रकाशमान सिंह विजयी

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, ०६ : १८ मा प्रकाशित

रबिन्द्र मिश्रलाई झिनो मतले हराउँदै काठमांडौ-१ बाट प्रकाशमान सिंह विजयी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी राप्रपाका रबिन्द्र मिश्रलाई झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

यो पटक सिंहले मिश्रलाई १२५ मतान्तरले पराजित गरेका हुुन् । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको