Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप : साउदीसँग अर्जेन्टिना पराजित

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, २० : १७ मा प्रकाशित

विश्वकप : साउदीसँग अर्जेन्टिना पराजित

कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो ।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो ।

खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको