Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया ग्राेथ फण्डले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १३ : ५८ मा प्रकाशित

एनआईसी एशिया ग्राेथ फण्डले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

एनआईसी एशिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्राेथ फण्डले मंसिर २ गतेदेखि आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि कार्तिक १५ गते एक दिनका लागि बुकक्लोज गरेको थियाे ।  त्यसैले कार्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र याे लाभांश प्राप्त गर्नेछन् । 

एनआईसी एशिया क्यापिटल लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया ग्राेथ फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । 

फण्डकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

637dd7f45a9d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको