Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफको साधारणसभा आज, लाभांश सहित यी प्रस्तावहरु पारित हुँदै

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ०६ : १६ मा प्रकाशित

नेपाल लाईफको साधारणसभा आज, लाभांश सहित यी प्रस्तावहरु पारित हुँदै

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे २२ औँ वार्षिक साधारण सभा आज मंशिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।  

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियाे त्यसैले कार्तिक १७ गतेसम्म सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको