Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय सेयर बजारले गर्याे अलटाईम हाई ब्रेक

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, ११ : ३४ मा प्रकाशित

भारतीय सेयर बजारले गर्याे अलटाईम हाई ब्रेक

भारतीय सेयर बजारले अल टाईम हाई रेकर्ड ब्रेक गरेको छ । हिजाे बिहीबार भारतीय सेयर बजार  ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैले ‘अल टाइम हाई’ रेकर्ड बनाएका हुन् ।

बिहीबार सेन्सेक्स ६२ हजार २ सय ७२ विन्दुमा पुगी बन्द हुँदाकाे अल टाईम हाई रेकर्ड ब्रेक गरेको हाे । हिजाे सेन्सेक्स ७ सय ६२ दशमलव १० अंकले बढेकाे थियाे । तर इन्ट्रा डे कारोबारमा भने सेन्सेक्सले ६२ हजार ४ सयकाे विन्दु चुमिसकेकाे छ ।

त्यसैगरी, बिहीबार नै भारतकाे अर्को सेयर बजार सूचक निफ्टी ५० ले पनि नयाँ रेकर्ड बनाएकाे छ । निफ्टी ५० ले २ सय १६ दशमलव ८५ अंकले बढेर १८ हजार ४ सय ८४ दशमलव १० विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको