Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा बजेट प्रभाव, सेन्सेक्स बढ्दा निफ्टी-५० किन घट्यो ?

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १७ : २५ मा प्रकाशित

भारतमा बजेट प्रभाव, सेन्सेक्स बढ्दा निफ्टी-५० किन घट्यो ?

आज भारतमा अर्थमन्त्री सीतारमणले वर्ष २०२३-२४ को युनियन बजेट प्रस्तुत गरेकी थिइन्। भारतका दुई सेयरबजार परिसुचक सेनसेक्स र निफ्टी-५० मध्य सेनसेक्समा १५८.१८ अंकको वृद्धि हुँदा निफ्टीमा भने ४५.८५ अंकको गिरावट आएको छ। 

२०२३-२४ को युनियन बजेट प्रस्तुत सुरुवात गर्दै गर्दा परिसुचक सेन्सेक्समा १२०० अंक बढीले बढेको थियो तर वजार बन्द हुने बेलामा १५८ अङ्कमा समेटिएको हो। हिजो ५९५४९.९० अङ्कमा रहेको परिसुचक सेन्सेक्स आज ५९७०८.०८ मा बन्द भएको छ। कारोबार समयमा परिसूचक १२२३.५४ अंकको वृद्धिका साथ ६०७७३.०४ अंकसम्म पुगेको थियो। 

त्यस्तै हिजो १७६६२.१५ अङ्कको विन्दुमा बन्द भएको परिसुचक निफ्टी-५० आज ४५.८५ अंक गुमाउँदै १७६१६.३० मा बन्द भएको हो। कारोबार समयमा परिसूचक ३१०.०५ अंकको वृद्धिका साथ १७९७२.२० अंकको विन्दुमा पुगेको थियो।

बजेटमा गरिएको उल्लेख्य सुधारका कारण परिसूचकमा वृद्धि आएको थियो तर अर्को तर्फ हिडेनवर्गको रिपोर्टका कारण निरन्तर रूपमा विगत १ सातादेखि नेशनल स्टक एक्सचेन्जमा सूचीकृत अडानी समूहको सेयरमाथिको निरन्तर गिरावट सम्हालिन नसक्दा परिसूचक निफ्टी-५०  गिरावट आएको हो ।

अडानी समूहको अडानी इन्टरप्राइजेजमा २८.२०%, अडानी ग्रीन इनर्जीमा ५.६०%, अडानी पोर्टमा १९.१८%, अडानी पावरमा ४.९८% लगायतका विभिन्न कम्पनीको सेयरमा गिरावट आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको