Like us!
Follow us!
Connect us!
Watch us!

पुरानो सुनलाई टल्काउछौँ भन्दै आधाभन्दा बढी सुन लुकाउने दुई भारतीय नागरिक पक्राउ

अर्थ संसार

सोमबार, २३ साउन २०७९, ०८ : १८ मा प्रकाशित

पुरानो सुनलाई टल्काउछौँ भन्दै आधाभन्दा बढी सुन लुकाउने दुई भारतीय नागरिक पक्राउ

पुरानो सुनलाई नयाँ बनाउँछौँ  भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ  गरेको  छ । पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुईजना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका ७ बाट  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र झारखण्ड प्रदेशका ५५ वर्षीय पोगो साह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरूले सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँहरुमा गएर ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको