Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा उद्यमी : हेलमेट्स नेपालदेखि टिगसम्मको प्रार्थनाको उद्यमशितलाको यात्रा

धिरज पौड्याल

आइतबार, ११ मंसिर २०७९, १२ : ०३ मा प्रकाशित

हाम्रा उद्यमी : हेलमेट्स नेपालदेखि टिगसम्मको प्रार्थनाको उद्यमशितलाको यात्रा

नेपाल अहिले उद्यमशीलतातर्फ तिव्र गतिमा अगाडि बढिरहेको छ । अहिले उद्यमशीलता विकास र प्रवर्द्धन गर्न विभिन्न निकायहरु रहेका छन र विभिन्न संस्थाहरू उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन्। समग्रमा अहिले निजी तथा राज्य तहबाट उद्यमशीलता क्षेत्रको सम्भावना पहिचान भएको देखिन्छ। केही वर्ष पछाडि फर्केर हेर्दा उद्यमशीलताको सम्भावना राज्यले चिनेको थिएन, उद्यममैत्री नीतिहरु थिएनन् तर विभिन्न परिस्थितिहरूका बीच उद्यमीको रूपमा स्थापीत युवा उद्यमी हुन् प्रार्थना साख:। 

सन् २०१६ मा हेलमेट्स नेपालबाट उद्यमशीलताको यात्रा सुरु गरेकी प्रार्थना हाल व्यवसाय ब्यवस्थापन सेवा प्रदान गर्ने सफ्टवेयर ‘टिग’ का सहसंस्थापक काे रूपमा कार्यरत रहेकी छिन् । हाल पनि उद्यमशीलता तर्फ राष्ट्र अग्रसर भइरहँदा पनि विभिन्न परिस्थिति हरुले उद्यमी बन्न निरुत्साहित गरिरहेको छ । वि सं २०७३ तिरको समयलाई परिकल्पना गर्दा उद्यमी बन्नु अझ त्यस बेलाको समाजको बीचमा महिला उद्यमीको रूपमा संघर्ष गर्ने चुनौती लाई स्वीकारेकी प्रार्थना संग उनको टिग सम्मको उद्यमशीलताको यात्राको कुरा गर्न टिगसम्म पुग्यौं। 

ललितपुरस्थित टिगको कार्यालय पुग्दा प्रार्थना टिमसँग छलफलमा व्यस्त थिइन्। हामीले बल्यकाल, विद्यार्थी जीवन, तत्कालीन उद्यमशीलताको परिवेश र उनको उद्यमशीलताको प्रवेशबाट संवादलाई अगाडि बढायौं।

No description available. 

“त्यसबेला नेपालको समाजमा महिलाहरु सामान्य रोजगारीको अवसरमा सिमित रहने बाध्य थिए, मलाई पनि महिलालाई कार्य गर्न ग्राहो हुन्छ जस्तो लागेको थियो, एक्स्पोसर र समाजको बाध्यात्मक अवस्थाको कारण सीमित धारणामा रहनुपर्ने बाध्यता थियो तर जब बिस्तारै एक्स्पोजर र अवसर सँग जोडिँदै जाँदा गर्न सकिन्छ भन्ने विश्वास पलाउँदै गयो र केही गर्ने अठोट लिएँ। ” उनी बताउँछिन्। 

"काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा स्नातकमा बिबिए अध्यनको क्रममा पाउँदै गएका अवसरले थप केही गर्ने ऊर्जा मिलिरहन्थ्यो, अन्तराष्ट्रिय संस्थामा काम गर्ने मन लागिरहेको थियो, २०१५ मा चौथो सेमेस्टरमा अध्यनरत रहदा माइक्रोसफ्टको विद्यार्थी लक्षित कार्यक्रम माइक्रोसफ्ट स्टुडेन्ट पार्टनर कार्यक्रम तथा यु. एन. का विभिन्न कार्यक्रममा सहभागी हुने अवसर मिल्यो जसले व्यक्तिगत विकासमा मद्दत पुग्यो। अन्तर्राष्ट्रिय संस्थामा कार्यरत रहँदा त्यहाँको परिवेश र वातावरण आफ्नो लागि नभएको जस्तो लाग्यो, व्याचलरमा ब्यवसायसम्बन्धी अध्ययन गरिरहँदा आफै किन व्यवसाय नगर्ने भन्ने सोच पलायो। अध्ययनको क्रममा शिक्षकले ‘फेल फास्ट-लर्न फास्ट’ भन्नुहुन्थ्यो अर्थात् छिटै असफल भए छिट्टै सिकिन्छ भन्नुहुन्थ्यो, शिक्षकको त्यो भनाइले प्रभावित गर्यो आफै केही गर्ने सोच बनाए।" 

"सरकाे उक्त भनाइले आन्तरिक रूपमा प्रभावित गरिरहेको थियो, हामी केही गरौं, फेल भएपनि केही सिकिन्छ भन्ने सोचले २०१९ मा हेलमेट्स नेपाल सुरु गर्यौ। म क्यारियर क्लबको प्रेसिडेन्ट थिए, क्लबको एकजना सदस्य सँगै मिलेर हामीले हेलमेट्स नेपाल सुरु गर्यौ, हामीले स्थापनाको क्रममा ठूलै बिजनेस गर्छौ भन्दा पनि इमप्याक्ट ( सकारात्मक प्रभाव ) पार्नुपर्छ भन्ने सोचमा थियौ। हेलमेट्स नेपालमा हामीले सुरुवातमा गर्दा धेरै ठूलो सोचेको थिएनौं अपर्झट हेलमेट डेलिभरी गर्ने र हेलमेट हराएको बेला इमरजेन्सी डेलिभरी गर्ने गरेका थियौं तर बिस्तारै क्रमनुरुपमा लगानी गर्दै विकास गर्यौ र त्यसबेला सुरक्षालाई प्राथमिकता दिने गरिदैन्थ्यो हामीले त्यसलाई प्रवर्धन गर्न वकालत गर्यौ र यससँगै उद्यमशीलताको यात्रामा अगाडि बढ्यो, " प्रार्थना बताउँछिन्। 

"त्यसबेला हेलमेट लगाउनकै लागि मात्र लगाइन्थ्यो, हेलमेटले गर्ने सुरक्षा लाई नजरअन्दाज हुने गर्थ्यो जबकि हेल्मेट सुरक्षाको लागि थियो। त्यसबेला व्यवसायमा ब्रण्डिङको कमी थियो, हामीले हेल्मेट्स नेपाललाई ब्रान्डिङ् गर्यौ। हामी हेलमेट्स औपचारिकता भन्दापनि एउटा एक्सपेरियन्स को रूपमा विकास गर्यौ।त्यसवेला प्रयोग हुँदै आएका हेलमेटहरु सुरक्षाको दृष्टिकोण बाट कमजोर हुन्थे हामीले गुणस्तरीय हेलमेटकाे प्रयोगलाई प्रोत्साहित गरिरहेका थियौ जसले दुर्घटना भएको खण्डमा ज्यान जाने सम्भावना न्यून हुन्छ हामीले यसमा वकालत गयौं।", उनी बताउँछिन्। 

"हामीले हेलमेटको प्रयोगले मिल्ने सुरक्षा लगायतका कुराहरूलाई मध्यनजर गर्दै विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि गर्यौ, त्यसबेला EmpowHer नामक अवार्ड हामी आबद्ध PRAYAS ले जित्यौ, जसबाट हामीले दुई पाङ्ग्रे सवारी चालकलाई सुरक्षाका क्याम्पेनहरु आयोजना गर्ने गर्थेउ, विद्यालय तथा कलेजहरूमा सचेतना कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्यौ।"

"हामीले हेलमेट बिक्री गर्दा अनुभव प्रदान गर्ने गर्थेउ सोही अनुहारको शोरुम थीम लगायतका बिक्री पक्षमा पनि ध्यान दिएका थियौ। हामी हेलमेट्स नेपाललाई पसल भन्दा पनि ग्राहकको लागि एउटा अनुभव स्थापित गर्न तर्फ लाग्यौ। त्यसबेला अहिले जस्तो अनुभवको पक्षमा ध्यान दिने गर्दैनथ्यो, हेलमेटले सवारी चलाउँदा राइडरको राइड अनुभवमा अप्रतक्ष्य रूपमा प्रभाव पार्ने गर्दछ हामीले यो पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्यौं। हामी त्यसबेला हेलमेट्स नेपाल चलाउँदै गर्दा युवा साथीहरुको समूहमा थियौ, युवाको टीम थियो हामी सबैलाई लाग्ने नयाँ नयाँ कन्सेप्ट, आईडीया एबम् भिजनलाई आत्मसाथ गर्दै अगाडि बढायौं। हामी त्यसबेला फेल हुन कत्तिपनि डरायनौ म छिटो सिक्ने र छिटो फेल हुँदा झन् बढी अनुभवी हुनेमा विश्वस्त थिएँ।" उनी बताउँछिन्। 

"हेलमेट्स नेपालले गरेका इनोभेटिभ र नवीनतम प्रयासले नेपालको ब्राण्डिङ र इन्टरनेट तर्फ मोडिदै गरेका व्यवसायमा नयाँ आयाम थपेको मानिन्छ। हामी संवादलाई हेलमेट्स नेपालको सफलता सम्म आइपुग्नु भन्दा अगाडिको संघर्षको कुराहरूमा मोडियौ। "

"घरमा बच्चाको भविष्यप्रति सबै अभिभावकको चासो राख्नुहुन्छ मेरो भविष्यबारे पनि उहाँहरू सचेत हुनुहुन्थ्यो। हामी सानो छदानै व्यबसाय सुरु गरेका थियौं, बुबा आमाको दृष्टिकोणमा बच्चा के गरिरहेको छ भन्ने हुन्थ्यो बुबा आमाले साथ दिनुहुन्थ्यो तर बिहान देखी घरबाट निस्केको छोरी साझा घर आउँदा चिन्तित भन्नुहुन्थ्यो, बिहान कलेज दिउँसो व्यबसाय र त्यसको प्रेसर देख्दा त बरु घरमै बस त घरमा बसेको तलब हामी दिन्छौ बुबा आमा भन्नुहुन्थ्यो, हामीले सुरु गर्दै गर्दा सुरुवातमै पढाइमा प्रभाव गर्यो, म पढाइमा राम्रो गर्छ, जे गर्दै छु त्यो गर्न दिनुहोस भनेर मनाएपछि व्यवसाय गर्ने अनुमति दिनुभयो," उनी बताउँछिन्। 

“घरमा तर अझै हरेक वर्ष डी. भी. भर भन्दै जिस्क्याउने गर्नुहुन्छ ” उनी जोड्छिन; विदेशमा गए अजै धेरै अवसर आउँछ अझ धेरै अवसर पाइन्छ भन्नुहुन्थ्यो तर गरेको कामले बिस्तारै पहिचान बनाउँदै गयो त्यसबेला बुबाआमाले नबुझ्नु भएको भए झन् समस्या हुने थियो तर बुबा आमाले बुझदिनुभयो र थप प्रेरणा दिँदै जानुभयो जसले काम गर्ने ऊर्जा दी रहन्थ्यो। त्यशबेला व्यावसाय गर्न धेरै प्रेसर र समस्याहरूलाई पार गर्नुपरेको थियो अज नारी भएर समाजले दिने प्रेसर अझै छन् यी कुराहरूले प्रभाव परिरहन्थ्यो तर मैले पछी हट्ने निर्णय लिगिन।" उनी बताउँछिन्।  

ब्याचलर अध्ययन गर्दा अध्ययनका क्रमका विभिन्न साना साना क्रियाकलाप र कलेजमा हुने घटनाक्रमले केही सिकाइरहेको हुन्थ्यो, अज समस्या त जब उद्यमशीलताको यात्रामा प्रवेश गर्दै गर्दा पढाइको भद्रगोल, साथीहरुसँग रमाइलो गर्ने समय नहुँदा साथीहरु सँगको सम्बन्ध ब्रिग्रिदै थियो, सुनाउने आफू जस्तै भावना मिल्ने मान्छे थिएन, काे- फाउन्डरलाई पनि कती सुनाउने यी कुराहरूले छुट्टै प्रेसर हुने गर्थ्यो। एक्लै संघर्ष गर्न सक्ने अठोट लिएर उद्यमशीलतामा प्रवेश गरेकी थिएँ साथीहरु सहयोगी थिए अध्ययनमा आउने समस्याहरूलाई सहयोग गर्ने गर्थेँ उनी बताउँछिन्।

No description available. 

प्रार्थनालाई अहिले युवा विद्यार्थीहरुले अझ बढी नारी बिद्यार्थी हरु उनको उद्यमशीलताको यात्राबाट प्रभावित भएका छन्। हामी संवादलाई टिग तर्फ मोडिँदै गयौं। मैले डिजिटल एकाउन्टिङ्ग को आवश्यकता महसुस गर्नुभएको थियो भन्ने प्रश्नबाट संवाद लाई अगाडि बढाएँ। 

मेरो प्रश्नको उत्तर दिँदै,“ हामी व्यावसाय सुरु गर्दै लकडाउन सम्म आइपुगेउ, कोभिड को प्रभावले हामी डिजिटल रूपमा जान बाध्य भयौं। डिजिटल अर्थात् क्लाउड रूपमा जाँदा हाम्रा सबै कुराहरू डिजिटल रूपमा लैजान सफल भएका थियौ तर वित्तीय कारोबार डिजिटल भएको थिएन। हिसाब किताबको डिजिटल कारोबार गर्ने कुनै थिएन हिसाब किताब गर्न थिएन, खोज्न ढड्डा पल्टाउन जानु पर्ने थियो आफै पनि व्यक्तिगत रूपमा यसको समाधान खोजिरहेको थिए। मेरो मेन्टर अभय पौडेल सर हुनुहुन्छ उहाँ हरुपनि यस किसिमको कारोबारलाई डिजिटल बनाउने सफ्टवेयर विकास गर्न थाल्नुभएको थियो, मैले उहाँको कुरा ध्यान दिएर सुनिरहेको हुन्थेँ । सरहरुबिच हुने कुराहरू मैले एकदमै इच्छुक भएर सुन्ने गर्थेँ। सरले इच्छुक भए टीममा जोडिन प्रस्ताव गर्नुभयो, र म को- फाउन्डरको रूपमा टीम मा जोडिए र अहिले टिग मा पुर्ण रूपमा आवद्ध भएको छ।" उनी बताउँछिन्। 

टिग डिजिटल अकाउन्टिङ्ग सफ्टवेयर हो जसमा डिजिटल रूपमा कारोबारको हिसाब किताब राख्न सकिन्छ। हाल टिगमा ६०० बढी व्यवसायहरु आवद्ध भएका छन्। टिग सफ्टवेयरबाट अकाउन्टिङ्ग बारे साधारण जानकारी हुने व्यक्तिले पनि सफ्टवेयरमा दिएको जानकारी आधारमा सहज रूपमा प्रयोग गर्न सक्छन्। टिग ले अहिले विभिन्न वितिय पारदर्शिता तथा कर पारदर्शिताका लागि बहस गर्दै आई रहेको छ। सि. ए. र इन्जिनियरको सहकार्य बाट सुरु भएको टिगमा अहिले ११ जना कर्मचारीहरू रहेका छन भने ३० भन्दा बढी सीए हरु रहेका छन। ग्राहकले भोग्ने समस्या समाधान गर्नलाई लागि टिम सधैं तत्पर रहेको प्रार्थना बताउँछिन्।

प्रार्थना हाल नेपालमा उद्यमशीलता प्रवद्र्धन गर्न विभिन्न विद्यालय तथा कलेजहरुमा सक्रिय रूपमा प्रशिक्षण दिँदै आएकी छिन्। नेपालमा व्यवसायमा संभावना रहेको हुँदा नव इच्छुक उद्यमीहरुलाई उच्च सोचका साथ केही गर्न सल्लाह दिन्छिन्। इडियाले काम गर्दछ कि गर्दैन लगायतका प्राविधिक पक्षमा मध्यनगर गर्दै व्यवसाय गर्ने र नेटवर्किंग गर्दै अगाडि बढ्न सल्लाह दिन्छिन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको