Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समिक्षा बजारमैत्री हुने देखिएपछि नेप्सेमा उछाल

नेप्से

आइतबार, ११ मंसिर २०७९, १५ : ०० मा प्रकाशित

मौद्रिक नीतिको समिक्षा बजारमैत्री हुने देखिएपछि नेप्सेमा उछाल

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । काराेबार रकम पनि २ अर्ब नाघेकाे छ । 

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको पहिलाे समिक्षा गर्ने तयारी गर्दैछ । बैंकको सञ्चालक समितिको बैठकले पारित गरेमा आज नै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरिनेछ । मौद्रिक नीतिको समिक्षा बजारमैत्री हुने देखिएपछि नेप्सेमा उछाल छाएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेकाे छ । नेप्से १.६८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.३४ अंकले बढेर ३८६.२६ विन्दुमा पुगेकाे छ । 

कूल २३३ वटा कम्पनीकाे ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । म्युचुअल फण्ड उपसमूहकाे सेयर मात्रै घटेकाे हाे । 

आइतबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४५ कराेड ४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ८.२१ प्रतिशतले बढेर ९ सय ७४ रूपैयाँ पुगेकाे छ ।

यस दिन एनएमबी हाइब्रिड फण्ड एल १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ३.११ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको