Like us!
Follow us!
Connect us!
Watch us!

यात्रूलाई सास्ती : बुद्ध एयरको पोलिसीमै नभएकाे फिचर ईसेवामा कसरी ?

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १६ : ३४ मा प्रकाशित

यात्रूलाई सास्ती : बुद्ध एयरको पोलिसीमै नभएकाे फिचर ईसेवामा कसरी ?

केही वर्ष अगाडि नेपालमा डिजिटल वालेट प्रयोग गर्ने प्रयोगकर्ताको संख्या उच्च रहेको थियो तर आज भोलि डिजिटल वालेटले थप सेवा विस्तार गर्न नसक्दा तथा भएका सेवा अप्रभावकारी एवम् सहज नहुँदा प्रयोगकर्ताहरु डिजिटल वालेटको प्रयोगबाट बाहिरिँदै गएका छन्। डिजिटल वालेटले भएका सेवा दिन नसक्दा बारम्बार प्रयोगकर्ताहरूले सास्ती भोगिरहेका छन् जसमध्ये इसेवा एक हो। 

नेपालको डिजिटल वालेटको इन्डस्ट्रिको लिडर बनेको इसेवा पछिल्लो केही महिना यता बारम्बार प्रयोगकर्ताहरूलाई सेवाको नाममा दुःख दीइ रहेको छ। 

केही दिन अगाडि एकजना ग्राहकको इसेवामार्फत टेलिभिजन प्याकेज खरिदका लागि रोकेको पैसा अझैसम्म फिर्ता गरेको छैन र सेवा प्याकेज पनि सुचारु गरेको छैन। इसेवाको गैरजिम्मेवारीपनका कारण निर्वाचनको समयमा ग्राहक सूचनाको हकबाट वञ्चित हुनु परेको छ। 

पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्। 

त्यस्तै गैरजिम्मेवारीपन फेरि पनि इसेवामा देखिएको छ। इसेवा मार्फत हवाई यात्राको टिकट लिन मिल्ने सुविधा रहेको छ। इसेवा जस्तै अन्य डिजिटल वालेट तथा स्वयम् एयरलाइनको एप मार्फत पनि फ्लाइटको टिकट लिन सकिन्छ। अन्य वालेट, एप वा ईसेवामार्फत फ्लाईटको टिकट काट्दा मूल्यमा त्यस्तो धेरै अन्तर छैन तर इसेवा मार्फत टिकट लिँदा लिएको टिकटमा ग्राहकको नाम परिवर्तन गर्नु मिल्ने सुविधा उपलब्ध रहेको देखिएका कारण इसेवा मार्फत टिकट प्रयोगकर्ताले काटिरहेका हुन्छन्। सामान्य अवस्थामा त टिकटमा रहने नाम परिवर्तन गर्न आवश्यक हुँदैन । समस्याका कारण एक प्रयोगकर्ताले लिएको टिकटमा नाम परिवर्तन गर्न खोज्दा इसेवा मार्फत उक्त सेवानै लिन नमिल्ने देखाएको छ। 

अर्थसंसारलाई प्राप्त विवरण, प्रयोगकर्ताको गोपनीयताको लागि विवरण लुकाएका छौँ। 

इसेवाले एप मार्फत यो सेवा दिइ रहँदा बुद्ध एयर भने यो सेवा नभएको जनाएको छ। प्रयोगकर्ताका अनुसार,“ इसेवाले एपमा यो सेवा दिएको छ तर बुद्ध एयरलाई कल गरेर सम्पर्क गर्दा बुद्ध एयरले यो हुँदैन भनेको छ र कोस्टोमर केयरले दिएको नम्बरमा बारम्बार सम्पर्क गर्न खोज्दा उक्त नम्बरमा सम्पर्क हुन सकेको छैन।” उनले अर्थसंसारलाई बताए।

हामीले बुद्ध एयर सँग कुराकानी गर्दा बुद्ध एयरमा यस किसिमको कुनै सेवा नभएको जनाएको छ। बुद्ध एयरका कर्मचारी सँगको कुराकानीमा बुद्ध एयरको टिकटको पोलिसीमा नै टिकट Refundable नभएको उल्लेख गरिएको छ तर हामीले पछिल्लो समय मिति परिवर्तन गर्ने सुविधा उपलब्ध गरेको जनाएको छ। 

अर्थसंसारलाई प्राप्त विवरणमा नाम र मिति दुवै परिवर्तनको अप्सन देखाएको छ। 

हामीले इसेवा सँग बारम्बार सम्पर्क गर्न खोज्दा ईसेवाको सार्वजनिक सम्पर्क नम्बरमा सम्पर्क हुन सकेन। 

इसेवाको यस किसिमको गैरजिम्मेवारपूर्ण क्रियाकलापका कारण प्रयोगकर्ताहरु डिजिटल वालेटप्रति र समग्र डिजिटल कारोबारमा सास्ती भाेग्नुका साथै यसतर्फ आकर्षण समेत गुमाइरहेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको