Like us!
Follow us!
Connect us!
Watch us!

हुन्डाई नेपालले गर्यो, टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १७ : ०१ मा प्रकाशित

हुन्डाई नेपालले गर्यो, टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली. ले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप 2022 फाइनल’ का विजेताको घोषणा गरेको छ। विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्। यसै गरी हिजो कम्पनीले हुन्डाई मोटरको “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो।

हुन्डाई मोटरको ७त्रगयतसगोल अफ द सेन्चुरी७त्रगयतस अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड विन, फुटबलको विश्वव्यापी अपील मार्फत विश्वभरका मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो।

कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने थिए। र यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन्।हिजै दुवै जना विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन्।


त्यसैगरी कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप द्दण्द्दद्द फाइनल’ का विजेता छनोट गरेको छ ।अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन्। विजेताको रुपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने भएका छन्।

कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरे। हुन्डाईका सबै विद्यमान ग्राहकहरूले आफ्नो ख्क्ष्ल्रख्भ्ल् नम्बर मार्फत आफूलाई दर्ता गरी ‘रोड टु फिफा वर्ल्ड कप द्दण्द्दद्द फाइनल’ मा सहभागी हुन सक्ने प्रावधान रहेको थियो।

हुन्डाई फिफा विश्वकप-२०२२ को एक आधिकारिक प्रायोजक हो र यसले आफ्ना विद्यमान तथा सम्भावित ग्राहकहरूलाई अवसरहरू प्रदान गरेको छ। हुन्डाई नेपालले विगतमा पनि यस्तै रमाइलो क्याम्पेनहरू ल्याइरहेको छ र भविष्यमा पनि आफ्नो ग्राहकका लागि यस्ता क्याम्पेनहरू जारी राख्ने बताएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको