Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई नगद लाभांश लिन सिटिजन्स बैंकको आग्रह

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, ०७ : ३८ मा प्रकाशित

सेयरधनीहरुलाई नगद लाभांश लिन सिटिजन्स बैंकको आग्रह

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । 

बैंकको आर्थिक बर्ष २०७३/७४ को साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । 

सेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार सिबिआइएल क्यापिटलको कार्यालय डिल्लीबजार काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो सूचना प्रकाशित मितिले ३५ दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको