Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्सबीच लगानी सम्झौता

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, ११ : ४८ मा प्रकाशित

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्सबीच लगानी सम्झौता

एनआईबिएल एस क्यापिटल लिमिटेड र भारतको टाटा समूहसँगको सहकार्यमा सञ्चालित एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (दुगर हेल्थकेयर) बीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र HMDL को तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् ।

एनआईबिएल एस क्यापिटलले HMDL मा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । टाटा समूहसँगको सहकार्यमा, HMDL ले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेको छ । COVID-19 का बीच सन् २०२१ मा HMDL को स्थापना भएको थियो ।

HMDL ले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा निर्मित सुलभ पीसीआर किटहरू आयात गरेर चाँडै आफ्नो छुट्टै पहिचान समेत निर्माण गरेको थियो । HMDL ले COVID PCR किट र रिएजेन्टसको अत्याधिक बिक्री गर्नुका साथै उच्च पहिचान भएका ब्रान्डको पोर्टफोलियो निर्माण समेत गरेको छ । साथै नेपालका पहाडी तथा दुर्गम क्षेत्रहरुमा पनि मोबाइल भ्यानका माध्यमबाट निदान परिक्षण गर्ने व्यवस्था ल्याएको छ । 

टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स, भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ । साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरूलाई बजारमा ल्याउने योजना समेत रहेको छ ।

HMDL ले नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै सम्पूर्ण राष्ट्रलाई फाइदा पुर्याउने लक्ष्य समेत राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको