Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारको हरियाली नेप्सेमा टिकेन, सेयर बजार पून: ओरालो

नेप्से

सोमबार, १२ मंसिर २०७९, १५ : ०५ मा प्रकाशित

आइतबारको हरियाली नेप्सेमा टिकेन, सेयर बजार पून: ओरालो

आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजार दाेहाेराे अंकले घटेकाे हाे । आइतबार उछाल देखिएकाे बजार साेमबार फेरि घटेकाे हाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा झरेकाे छ । नेप्से ०.७९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.६५ अंकले घटेर ३८२.६१ विन्दुमा झरेको छ । 

कूल २१४ वटा कम्पनीकाे ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र व्यापारबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

त्यसैगरी, साेमबार पनि काराेबार रकममा हिमालयन डिष्टीलरीले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे १६ कराेड ४६ लाख ४२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ८.१८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ १० पैसा पुगेकाे छ । 

यस दिन सिनर्जी पावर डेभलपमेन्टकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.५६ प्रतिशतले घटेर २ सय ७२ रूपैयाँ ४० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको