Like us!
Follow us!
Connect us!
Watch us!

सुकुम्वासी वस्तीले हानेका ढुंगाले लागेर महानगरका एसपीको टाउको फुट्यो

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १६ : १२ मा प्रकाशित

सुकुम्वासी वस्तीले हानेका ढुंगाले लागेर महानगरका एसपीको टाउको फुट्यो

यतिबेला थापाथलीकाे सुकुम्वासी वस्ती तनावग्रस्त बनेकाे छ । काठमाडाैँ महानगरले वस्तीमा डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको हाे

महानगरकाे डाेजर राेक्न सुकुम्बासीहरुले ढुंगामुडा प्रहार गरिरहेका छन् । उनीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।

वैकल्पिक व्यवस्था बीना नै वस्ती हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । सुकुम्बासी बस्ती घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध नारा लगाइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको