Like us!
Follow us!
Connect us!
Watch us!

एक वाणिज्य बैंक सहित २ कम्पनीको दोस्रो बजार कारोबार आजदेखि खुल्ने

अर्थ संसार

मंगलबार, १३ मंसिर २०७९, ०७ : ३० मा प्रकाशित

एक वाणिज्य बैंक सहित २ कम्पनीको दोस्रो बजार कारोबार आजदेखि खुल्ने

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले मर्जर प्रक्रियामा गएका कारण रोक्का रहेका २ कम्पनीहरुको दोस्रो बजार कारोबार आज मंगलबारदेखि फुकुवा गर्ने भएको छ । 

नेप्सेका अनुसार आजबाट पाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजार कारोबार आज मंगलबारदेखि फुकुवा हुने नेप्सेले जनाएको छ ।  

कुमारी बैंकसँगको मर्जरका कारण गत असोज ११ गतेदेखि एनसीसी बैंकको दोस्रो बजार कारोबार रोक्का थियो भने प्रिमियर इन्स्योरेन्स कम्पनीसँगको मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार समेत गत असार २८ गतेदेखि रोक्का अवस्थामा थियो । 

धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको थियो । सो निर्देशिका सो निर्देशिका अनुसार अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिने भएको हो । त्यसैले अहिले मर्जर प्रक्रियाका कारण कारोबार बन्द रहेका कम्पनीहरुको पनि कारोबार फुकुवा भइरहेकाे छ ।  

सो निर्देशिकाको दफा १३ मा हाल गाभ्ने गाभिने वा प्राप्तिको प्रकृयामा रही कारोबार रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवाको प्रकृया उल्लेख गरिएको छ। सो अनुसार कारोबार रोक्का रहेका कम्पनीहरुले आधारभूत बाहेकका साधारण सेयरधनीको सेयर कारोबार खुल्ला गर्न नेप्से र सीडिएसमा निवेदन दिनुपर्ने हुन्छ। त्यसपछि तत्कालै नेप्सेले ति कम्पनीहरुको कारोबार खुल्ला गराउनुपर्ने कुरा दफा १३ को उपदफा २ मा उल्लेख गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको