Like us!
Follow us!
Connect us!
Watch us!

'अती भो' मा युवा कलाकारको भूमिकामा दामोदर भट्टको प्रवेश !

अर्थ संसार

मंगलबार, १३ मंसिर २०७९, १५ : ३८ मा प्रकाशित

'अती भो' मा युवा कलाकारको भूमिकामा दामोदर भट्टको प्रवेश !

 युवा बर्गको माझ अतिनै लोकप्रिय सामाजिक विकृतिको पर्दाफास गर्ने हास्य ब्यांग्य टेली सिरियल 'अत्ति भो' को १२६ औं भागदेखी कलाकार को भूमिकामा दामोदर भट्ट दमदार रुपमा देखियका छन् ।  

कलाकार दामोदर भट्ट यस 'अती भो 'टेलिसिरियलमा हाल अमेरिकाबाट स्वोदेश फर्केर बिहेको लागि नेपाली मुल को एक असल बेहुलीको खोजिमा गाउँमा उनका बाबासँग डुल्दै गरेको कथा बाट 'अती भो 'मा प्रबेस गरेका छन् । बाबा को भूमिका मा भने सुदर्शन आचार्य सिरियलमा देखियका छन्। उक्त 'अत्ती भो ' टेली सिरियल को उत्पादन तथा बिक्री बितबरणको जिम्मा मिडिया हब ले लियको छ भने 'अत्ती भो' को निर्देशन सुरज खनाल ले गर्दै आएका छन् ।  

टेलिसिरियलमा कलाकार रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा,सोभाखर खनाल, रिता सिवाकोटी,युबराज तिमल्सिना, सुबु शाही,सुमन खनाल, धनराम मुस्कान,अजय रेग्मी,रेसम बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् । त्यसै गरि यो टेलिसिरियल को लेखन मा स्वयम सुरज खनाल र ओकेस पनेरु, छायङ्कन दिलिप बिष्ट र सम्पादनमा रबिन भट्ट , असोक चौधरी र सरिता गौतमले गर्दै आएका छन् ।  

'अहिले हाम्रो टेली सिरियल लाई मात्रै होइन नेपाल भरी नै राम्रो कलाकार को खाचो भैरहेको बेला हाम्रो अत्ती भो युनिटले दमोदर भट्ट जस्तो कथाले मागेको कलाकार पाउनु निकै खुशीको कुरा हो' टेली सिरियलका निर्देशक सुरज खनालले अर्थ संसारलाई बताए ।  

 नेपाल टेलिभजनबाट हरेक आईतबार राती ठीक ८:५० बजे र ९:३० बजे मिडिया हब अफिसियल युट्युब च्यानलबाट प्रसारण हुने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको