Like us!
Follow us!
Connect us!
Watch us!

लगातार नयाँ रेकर्ड बनाउँदै भारतीय सेयर बजार

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १६ : ४७ मा प्रकाशित

लगातार नयाँ रेकर्ड बनाउँदै भारतीय सेयर बजार

छिमेकी राष्ट्र भारतको सेयर बजार पछिल्लो ५ दिन देखि निरन्तर रूपमा वृद्धि भइरहेको छ। अक्टोबर १९, २०२१मा अल टाईम हाईको रेकर्डको एक वर्ष पछाडि नोभेम्बर २४ मा अल टाईम हाइको रेकर्ड ब्रेक गरेपश्चात निरन्तर रूपमा आज नोभेम्बर ३० सम्म आइपुग्दा नयाँ रेकर्ड बनाइरहेको छ। आज पुनः भारतीय सेयर बजार परिसूचक सेन्सेक्स ६२८८९ अंकमा पुगेको छ जुन आज सम्मको उच्च बिंदु हो।  

गत बिहीबार एकसठ्ठी हजार छ सय पचासको हाराहारीमा पुगेको भारतीय सेयर बजार त्यसपश्चात शुक्रबार पनि बजारले उच्च बिंदु कायम गरेको थियो तर बजार घटेर बन्द भयो। गत ३ दिन मंगलबार, बुधबार र आज बिहिबार बजार निरन्तर रूपमा सकारात्मक वृद्धि भई बजारले नयाँ रेकर्ड बनाएको छ ।

अर्कोतर्फ परिसूचक निफ्टी पनि अहिले उच्चतम बिन्दुमा पुगेको छ। परिसूचक अहिले १८७५८.३४ अंकको बिन्दुमा पुगेको छ। पछिल्लो केही दिन यता लगानीको रूपमा हेर्दा अन्तराष्ट्रिय रुपमा केही सकारात्मक विषयहरू देखिएता पनि सेयरबजारलाई बुस्ट र प्रभावित गर्ने त्यस्तो कुराहरू भने देखिएको छैन। अन्तराष्ट्रिय आर्थिक परिघटना हेर्दा लगानीको हिसाबले प्रतिकूल देखिएको छ। 

भारतीय सेयर बजारका दुवै परिसूचक सकारात्मक देखिएता पनि अन्तराष्ट्रिय सेयर बजारमा सकारात्मकता नदेखिँदा बजार त्रसित भने देखिएको छ। सेयरबजारमा उच्च वृद्धि देखिँदा निफ्टि मिड क्याप र स्मल क्याप सूचकहरु अल टाइम हाई ब्रेक गर्न सकेका छैनन् लगानीकर्ताहरू अहिले भारतीय रिजर्भ बैंकको पोलिसीको प्रतीक्षामा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको