Like us!
Follow us!
Connect us!
Watch us!

सिके रावत नेतृत्वको जनमत पार्टीको समर्थन सत्तारूढ गठबन्धनलाई

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, ०७ : २३ मा प्रकाशित

सिके रावत नेतृत्वको जनमत पार्टीको समर्थन सत्तारूढ गठबन्धनलाई

सिके रावत नेतृत्वको जनमत पार्टीले सङ्घ र प्रदेशको सरकार गठनमा वर्तमान सत्तारूढ गठबन्धनलाई सहयोग गर्ने भएको छ । 

नेपाली कांग्रेसका पूर्वउपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भएको भेटघाटमा अध्यक्ष राउतले नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनलाई सहयोग गर्ने बताएका हुन् । 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले हराँउर्दै विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँबानेश्वरमा भेटघाट भएको हो ।  

उक्त भेटमा राउतले आफ्नाबारेमा अनावश्यक भ्रम फैलाइएको भन्दै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारेको निधिको सचिवालयले  जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको