Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैंकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, ११ : ५४ मा प्रकाशित

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैंकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) द्वारा सञ्चालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली (mDabali) मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबली (mDabali) मा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली (mDabali) प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन् भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अबदेखि एम डबली (mDabali) मार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।

यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको