Like us!
Follow us!
Connect us!
Watch us!

रविको नागरिकता छानबिन गर्न अख्तियारको अग्रसरता, गृह र परराष्ट्रलाई पत्राचार

पत्रपत्रिका

सोमबार, १९ मंसिर २०७९, ०७ : ०५ मा प्रकाशित

रविको नागरिकता छानबिन गर्न अख्तियारको अग्रसरता, गृह र परराष्ट्रलाई पत्राचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए । आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो ।

रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको